मिर्चैया महोत्सव सम्पन्न : आधुनिक बधशाला निर्माण गर्ने मन्त्री साहको भनाई

  • फाल्गुन १०, २०७५
  • ८९७ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ०९ फाल्गुन । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक बधशाला र कृषि हाटवजार निर्माण गरिने बताएको छ । “समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार” मुल नाराका साथ मिर्चैया नगरपालिका ६ स्थित माघ २८ गतेदेखि शुरु भएको “प्रथम मिर्चैया महोत्सव २०७५” को बुधबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले मिर्चैयामा आधुनिक बधशाला र कृषि हाटवजारको निर्माण गरिने भएकाले स्थानीय तहलाई यस बिषयमा चासो देखाउन आग्रह गरेका छन् ।
52306259_2238989926313581_5329853366916874240_n
कृषिक्षेत्रको बिकासले मात्र प्रदेश सम्बृद्ध हुन सक्ने भएकाले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले प्रदेश सरकारको एक बर्षे कार्यकाल सफल भएको दाबी गरे । महिला हिंसा न्युनिकरण र छोराछोरीबीचको बिभेद अन्त्यका लागि प्रदेश सरकारले ‘‘बेटी पढाउ, बेटी वचाउ” अभियान सञ्चालन गरेको बताउदै यो अभियान सफल बनाउन सबैसँग आग्रह समेत गरेका छन् । 
 
कार्यक्रममा मिर्चैया नगरपालकिाका प्रमुख श्रवण कुमार यादवले स्थानीय सरकारलाई प्रदेश सरकारवाट सहयोगको अपेक्षा राखेको र स्थानीय हाट वजार वैज्ञानिक ढंगवाट अगाडी वढाउन नगरपालिकाले समेत योजना बनाईरहेको बताए ।  
51765233_1162618363907334_8251092587520196608_n
मिर्चैया नगरपालिकाको धार्मिक पर्यटकीय स्थलहरुको विकास, उद्योग, व्यापार, पर्यटन, जडिबुटी, कृषि उद्यमलाई विकसित गर्दै समृद्ध मिर्चैया निर्माणसँगै अर्थतन्त्रलाई आत्मनिर्भरता तर्पm अग्रसर गराउने उद्देश्यले सञ्चालन भएको महोत्सवको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले गरेको थियो । 
51563367_400769577341899_1930621678254030848_n
महोत्सवमा मिर्चैयाको साथै प्रदेश र देशभरीमा उत्पादित तथा निर्मित वस्तुहरुको प्रदर्शन,  विभिन्न क्षेत्रका रहनसहन सहितको मौलिक खानाको परिकारहरुको बिक्री तथा प्रदर्शनी, कृषिजन्य वस्तुहरुको प्रदर्शनी, हस्तकला प्रदर्शनी, निःशुल्क उपचार, बाल उद्यान तथा विविध मनोरञ्जनात्कम कार्यक्रम, जिल्लाको स्थानीय उत्पादन कृषिजन्य वस्तुको प्रचार प्रसार, प्रबद्र्धन र बजारीकरणका लागि महोत्सवमा १३१ वटा स्टलहरु रहेको थियो । 
52556895_2072814816171479_2244473016090099712_o
महोत्सव अवधि भरी स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा विभिन्न मौलिक सांस्कृतिक प्रदर्शनी, हरेक दिन ख्यातिप्राप्त कलाकारहरुवाट गीत नृत्य र हास्यव्यङ्ग्य सहितको विविध सांस्कृतिक कार्यक्रम गरिएको महोत्सव मुल आयोजक समितिका अध्यक्ष हरीशंकर साहले जानकारी दिनुभयो । 
 
रामनगर मिर्चैया उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा मिर्चैया, कर्जन्हा र कल्याणपुर नगरपालिकाको सहयोगमा महोत्सव सम्पन्न भएको छ । 
52505097_324771228157672_9013906743821860864_n
51789894_286515462025043_3680735390114775040_n

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१