पुलवा हादशामा मारिएका सैनिकको आत्माको शान्तिका लागि मिर्चैयामा श्रद्धान्जली

  • प्रकाशित मितिः फाल्गुन 6, 2075
  • 270 पटक पढिएको
  • राम नारायण पण्डित

राम नारायण पंडित, सिरहा, ०६ फाल्गुन । भारत प्रशासित कश्मिरमा भएको भीषण आक्रमणमा ज्यान गुमाएकाहरुप्रति मिर्चैयामा श्रद्धान्जली अपर्ण गरिएको छ । मिर्चैया नगरपालिका ५ स्थित रहेको शान्ति युवा कल्वले आयोजना गरेको श्रद्धान्जलीमा सभामा ज्यान गुमाएकाहरुको आत्माको शान्तिका लागि मैनबत्ती प्रज्वलन गर्दै आइतबार साँझ मौन धारण गरिएको छ । 
 
कश्मिरको प्रमुख शहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्ला स्थित राजमार्गमा छुट्टी मनाएर काममा फर्कंदै गरेका करिब २ हजार ५०० सुरक्षाकर्मी बोकेको ७८ ओटा सवारी–साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले बिहीबार आत्मघाती आक्रमण गरिएको थियो । आक्रमणमा ४१ भन्दा बढी सैनिकको मृत्यु भएको थियो । आक्रमणमा अन्य २० जनाभन्दा बढी घाइते भएका छन् ।
आक्रमणको जिम्मेवारी आतंककारी समूह जैस–ए मोहम्मदले लिएको छ । आक्रमणका कारण भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएका छन् ।
52136186_411038012988324_6542173251320152064_n
कार्यक्रममा कल्वका पदाधिकारी, स्थानियबासी, राजनितिकर्मी, शिक्षक, बिद्यार्थी, ब्यापारी लगायतका सहभागिता रहेको थियो । 


होलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

सुनिल यादव चैत , ७ धनुषाको शहिदनगर नगरपालिका वडा नं.८ बिसरभोरामा संघीय समाजवादी फोरम नेपाल वडा समितिले होल

नजबुल खान महत्मा गाँधी शान्ति पुरस्कारबाट सम्मानित

नवसंग्राम दैनिक लहान, ६ चैत्र । आशन, भाषण र शासनमा महिला हुनुपर्छ भने माग राख्दै नोट आफ डिसेन्ट अभियान चलाइ

नेपाल कम्युनिषट पार्टी ( ने क पा) शहिदनगर नगरपालिका द्वारा आयोजित होली पर्वको शुभकामना आदान प्रदान

चैत्र ५ । नेपाल कम्युनिषट पार्टी ( ने क पा) शहिदनगर नगरपालिका द्वारा आयोजित होली पर्वको शुभकामना आदान प्रद


Copyright © 2019 - Sirahatimes.com All rights reserved

Hosted on - Prabhu Host


Hit Counter