चाउचाउको बोर्ड राखेर मरिच तस्करी, प्रहरी—तस्कर मिलोमतो

  • फाल्गुन ६, २०७५
  • १५३८ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान ६ फागुन । पिक अप जीपमा चाउचाउको फ्लेक्स बोर्ड राखेर लहानबाट मरिच भारत निकासी गर्ने गिरोह सक्रिय रहेको छ । लहानका नामुद व्यापारीहरुले तेस्रो मुलकका मरिच भारत पैठारी गराउँने गरेको खुलासा भएको छ । यस अघि सुपारी, सुकुमेल, लहसुन, स्याउलगायत तेस्रो मुलुकबाट खरिद गरी अवैद्य रुपमा भारत पैठारी गराउँने गिरोहहरुको धन्दा यत्तिबेला मरिचतर्फ लागेका छन् ।

नवसंग्राम सहकर्मी आलोक यादव आज लहानबाट निस्किएको चाउचाउ वोर्ड लागिएको एक जिपलाई पिछा गर्दा वरियारपट्टी गाउँपालिकामा पर्ने सिमावर्ती गाउँ ब्रहरीको एक पक्की घरमा मरिचको बोरा झार्दै गरेको फेला पारेको छ । पिक अप जिपबाट केही चाउचाउको प्याकेट र अधिकतम मरिचको बोरा अनलोड गरी पक्की घरमा राखेको छ । त्यहाँबाट रातारात कचनारी प्रहरीकै संरक्षणमा अवैद्य रुपमा भारत पैठारी गर्ने गरेको खुलासा भएको छ ।

तेस्रो मुलुकबाट आयात गरिने मरिच कानुनत नेपालमै खपत हुनुपर्छ । तर, तथ्यांक हेर्ने हो भने यहाँ खपत हुनेभन्दा धेरै बढी आयात भएको छ । यसरी आयात भएको मरिच खुला सीमाको फाइदा उठाउँदै आयातकर्ताले अवैध रूपमा भारत पठाउने गरेका छन् । नेपालमा भन्दा भारतमा प्रतिकेजी २ सयसम्म बढी मूल्य भएका कारण आयातकर्ताले नेपालका लागि मगाएर भारत पठाएका हुन् । तेस्रो मुलुकबाट आयात हुने मरिच निकासी गर्न पाइँदैन् ।

मरिच सिरहा, मोरङ, सुनसरी, झापालगायतका सीमावर्ती क्षेत्रहरूबाट चोरी निकासी हुने गर्छ । भियतनामबाट आयातित मरिचको खुद्रा मूल्य नेपालमा प्रतिकिलोग्राम ७ देखि ८ सय रुपैयाँ पर्छ भने भारतमा यसको मूल्य ९ सयभन्दा माथि छ । मूल्य अन्तरकै कारण मरिचको पैठारी बढेको छ । भियतनामबाट मरिच आयात हुन्छ । यसअघि इन्डोनेसिया र थाइल्यान्डबाट सुपारी आयात गरी अवैध रूपमा भारत निकासी गरिँदै आएको थियो । सुपारीमा कडाइ भएपछि केही समय आयातकर्ताले सुकुमेलको आयात गरी भारत निकासी गरे । यत्तिबेला मरिचसँगै मटर समेत नेपालबाट अवैद्य रुपमा पैठारी हुने गरेको छ ।

 

कचनारी प्रहरी इन्चार्ज धनबहादुर खड्काको निगरानीमै रातारात मरिच नेपालबाट भारत पैठारी हुने गरेको छ । प्रहरी खड्काकै मिलोमतोमा कचनारी ब्रहरी नरगी हुँदै गिट्टी बालुवा समेत पैठारी हुने गरेको छ । उता, जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठ भन्छन् — यो सम्भव छैन । यदि यस्तो भइरहेको छ भने यथाशिघ्र कारोबार बन्द हुन्छ । यसको लागि विशेष प्रहरी टोली खटाइसकेको छु । उता, तस्करहरु पत्रकारहरुलाई फोन गरेर मिठो शैलीमा धम्की दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१