रोकिएन गिट्टी वालुवा तस्करी,एसपी श्रेष्ठलाई चुनौती

  • फाल्गुन ५, २०७५
  • ८३७ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान ५ फागुन । लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती नरगीमा सँकलन गरेर रातारात भारत पुर्याउँन त्यहाँका प्रहरी सक्रिय छन् । प्रहरी चौकी कचनारीको मातहतमा रहेको भारतसिमासँगै टाँसिएको नरगीमा दैनिक २५ देखि ३० ट्रायक्टर वालुवा गिट्टी सँकलन हुँदै भारत पुरयाउँने गरेको छ । संकलित बालुवा गिट्टी कचनारीका प्रहरी इन्चार्ज धनवहादुर खडकाका निगरानीमै रातभरीमा भारत पुर्याउँने गरेको छ । गिट्टी वालुवा सँकलनका ठेकेदार वरहरीका जगवीर यादव, नरगीका अशोक यादवलगायत पाँच जनाको समूह सक्रिय रहेको छ ।

वरियारपट्टी गाउँपालिकाको कजरा, कचनारी र नरगी हुँदै भारतको पिपराही पुर्याएर भारत विहारको विभिन्न बजारमा लहानको वालुवा गिट्टी अवैद्य रुपमा तस्करी भइरहेको छ । कचनारी प्रहरी इन्चार्ज धनवहादुर खडकाकै मिलोमतोमा नेपालबाट मरिच, मटर भारत पुर्याउँने गरेको छ । भारतबाट भन्सार छली गरेर दैनिक २५ देखि ३० लाखसम्मको कपडा, इलेक्ट्रोनिक पार्टपुर्जा, खद्यान्न सामाग्री नेपाल भित्रिने गरेको छ । तस्करहरुले भारतबाट साईकल, मोटरसाईकल, ट्रायक्टर, जिप, मिनी ट्रकमार्फत भन्सार छली गरी नेपाल भित्रियाउँने गरेको छ ।

वालुवा गिट्टीका कारोवारी अशोक यादव भन्छन् —‘काम गरेर खान दिनुस्, हामीलाई जिल्लासम्म पकड छ । यहाँका प्रहरीसँग पटक पटक बैठक भइरहेको छ ।’ उता, शनिवार स्थानीय सँचारकर्मी मुकेश यादव र उनीसँग रहेका दिनेश यादवले सिमाक्षेत्रमा रहेको वालुवा गिट्टीको फोटो खिच्दा कारोबारी जगदीश यादवले दुव्र्यवार गरेको छ । फोटो खिचेका दिनेश यादवलाई गुण्डा शैलीमा जगवीर यादवले गालीगलौज गर्दै मोबाईल नियन्त्रणमा लिएर गिट्टी वालुवाको दृश्य हटाउँन लगाएका छन् ।

गिट्टी वालुवा तस्करीवारे जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठले ‘यो हुनै सक्दैन, यदि यस्तो भइरहेको छ भने त्यहाँको प्रहरीले पैसा खाएर कारोवार गराइरहेको हुनुपर्छ ।’ ‘एसपी जीवनले यो नियन्त्रण गरेर नै छाड्छन् ।’ ‘विशेष टोली पठाएर काम अघि बढाउँने ।’ एसपी श्रेष्ठको कथन छ । राजनिवास र रजनीगन्धाको तस्कर कौशल पशुपति उच्च मावि लहानको जग्गा भाडा लिएर पसल खोलेर बसेका कौशलले दैनिक लाखौको राजनिवास र रजनीगन्धा अवैद्य रुपमा नेपाल भित्रियाउँने गरेको छ । कौशलले लहानक्षेत्रका अधिकाँश पसललाई रजनीगन्धा र राजनिवास सप्लाई गर्दै आएको छ ।

पशुपति स्कूलको जग्गा प्रयोग गरेर दैनिक राजस्व छली गरेर राजनिवास, रजनीगन्धालगायत किरानाको मालसमान नेपाल भित्रियाउँने गरेको खुलासा भएको छ । कौशलले प्रहरीका विशेष जवानलाई नजराना दिएर यस्तो कारोबार गर्दै आएको छ । उनले बस र मोटरसाईकल प्रयोग गरेर मालसमान भित्रियाउँदै आएको छ । नेपालबाट मरिच समेत बेलाबखत भारत पुर्याउँन कौशल सक्रिय रहेका छन् । उनीसँगै तस्करीमा दिपेन्द्र साह पनि सक्रिय छन् । जिल्ला प्रहरीले तस्करी नियन्त्रण गर्न सक्रिय रहेको बेला यस्ता तस्करहरुलाई नियन्त्रण गर्न असफल भएको छ । सिरहा प्रहरीलाई यस्ता तस्करहरुले चुनौती दिँदै आफ्ना कारोबार सक्रिय पारेको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल औ. ब्य. संघ सि ...

रहमुल लहान ०३ वैशाख ।नयाँ वर्ष २०८१ को शुभ अवसरमा लाग्ने सिरहाको लहान नगरपालिका १२ स्थित फुलवारी मेल ...

सिरहाको पतारी पोखरीम ...

विष्णुदेव सरदार/सिरहा/बैशाख २ गते । सिरहाको दक्षिणी सिमावर्तीमा पर्ने राजमार्ग देखि १० किलोमिटर दक्ष ...

ललकु मा.वि.मा अंग्रे ...

लहान वैशाख १ । मधेश प्रदेशको सिरहा जिल्लामा पर्ने लहान नगरपालिकाले श्री लक्षमण ललिता कुशवाहा माध्यमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१