वरियारपट्टीमे छुरा मारलअक

  • फाल्गुन १, २०७५
  • ५३३ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

सिरहा लहान भारती गुप्ता फागुन १ । व्यक्तिगत रिसिविको कारण वरियारपट्टीमा एक युवकमाथी छुरा प्रहार गरेको छ । आज विहान साढे ११ बजेतीर ४—५ जनाको एक समूहले प्रमोदकुमार यादवमाथी छुरा प्रहार गरेको छ । वरियारपट्टी ३ लवटोलीका प्रमोद यादवमाथी छुरा प्रहार गरी स्थानीय रविन्द्र दास, सुरज दास, लतो यादव, छोटी यादवलगायत फरार भएका छन् । छुरा प्रहारबाट प्रमोद गम्भिर घाईते भएको छ । उनको छातीमा छुरा लागेर घाईते भएको स्थानीय श्यामदेव मुखियाले बताएका छन् । उपचारको लागि लहान अस्पताल ल्याएको छ भने उनको उपचार यहाँ सम्भव नदेखिने जानकारीमा आएको छ । स्थानीय विरेन्द्रकुमार मुखियाका अनुसार दूई दिनअघि नै यो झगडाको विउ रोपिएको थियो । उनीहरुवीच समान्य झगडा भएको थियो । तर, आज सुनियोजित ढँगबाट प्रमोदमाथी छुरा प्रहार भएको छ । घटना भएपछि प्रहरीलाई खबर गरेपछि छुरा प्रहार गर्ने समूह फरार भएका छन् । उता छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका ४ माङहिङ टोल डेरा गरी बस्ने सोलुखुम्बु घर भएका ३६ वर्षीय लालबहादुर राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही स्थान डेरा गरी बस्ने खोटाङ घर भएकी ३२ वर्षीया सोनिया राईलाई छुरा प्रहार गरी हत्या गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो । रामधुनी नगरपालिका(१ बस्ने ८५ वर्षीया नरबहादुर क्षेत्री आफ्नै घरको कोठामा सुतिरहेको अबस्थामा मंगलबार बिहान मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जंगली हात्तीले आतंक मचाएको

Image result for photo of elephant

केही दिनदेखि सिरहाको उत्तरी गाउँमा जंगली हात्तीले आतंक मचाएको छ । करिब ५—६ दिनदेखि उत्तरी क्षेत्रमा पर्ने चुरे जंगलबाट आएका हात्तीको समूहले त्यसक्षेत्रका गाउँहरुमा आतंक मच्चाएको छ । गोलबजार नगरपालिका–३ जमदह, मुसहर्निया र गोलागाउँमा सोमबार राति छ वटा जंगली हात्तीले स्थानीय छ जनाको भान्सा घर, शौचालय भत्काउनुका साथै गहुँबारी, टमाटर खेती नष्ट गरेको छ । वडाध्यक्ष धनप्रसाद मोक्तानका अनुसार बिहान करिब साढे ३ बजेतिर आएको एक बच्चासहित छ वटा हात्तीले लक्ष्मण राईको थाङ्ग्रामा राखिएको करिब सात क्विन्टल मकै खाएको छ ।यस्तै, मुसहर्निया गाउँका प्रकाश मल्लिकको शौचालय भत्काउनुका साथै भान्सा घरमा राखिएको करिब ३० केजी चामल खाएको छ । चिनीमाया तामाङको भान्सा घर भत्काएको छ । जमदह गाउँका गोपाल बुढाथोकीको पनि भान्सा घर भत्काएको छ । उनले भने, ‘बालबालिकासहित सुतिरहेका बेला आएको हात्तीको समूहले भान्सा भत्काउन थालेपछि आफूहरु सुतेको घरको खाटमुनि लुकेर ज्यान जोगायौं ।’ रमेश साह र कृष्णदेव साहको १० कठ्ठा क्षेत्रफलको गहुँ खेती र दुई कठ्ठामा गरिएको गोलभेडा खेती नष्ट गरेको छ । करिब दुई महिनाअघि पनि जङ्गली हात्तीको समूहले जमदहका तीन जनाएको घर भत्काई दिनुका साथै घरमा राखेको धान चामल समेत खाएको वडाध्यक्ष मोक्तानले बताए । धनगढीमाई नगरपालिका–१३ मा पर्ने उत्तरी गाउँमा पछिल्लो तीन दिनदेखि जंगली हात्तीको कारणले स्थानीय बासिन्दा आतंकित भएका छन् । समूहमा आउने हात्तीले भुल्किया जोगी डाँडाका राजेन्द्र लामा र सुवे यादवको घर भत्काउनुका साथै भकारीमा राखिएको धान चामल खाएको वडाध्यक्ष सूर्यमान तामाङ्ले बताए । सिरहाको उत्तरी क्षेत्रमा हरेक वर्ष दिउँद याममा चुरे जंगलबाट आउने जंगली हात्तीले स्थानीय बासिन्दाको घर भत्काइदिने, बालीनाली खाइदिने गरेको छ । जंगली हात्तीको आक्रमणमा परेर यसअघि तीन जनाले ज्यान गुमाइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा ३ ...

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा ...

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१