मिर्चैया महोत्सवको पुर्वसंध्यामा बृहत सरसफाई (फोटोफिचर)

  • माघ २५, २०७५
  • १७२८ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २५ माघ । “प्रथम मिर्चैया महोत्सव–२०७५” को पुर्वसंध्यामा बृहत सरसफाई गरिएको छ । माघ २८ गतेदेखि हुन गईरहेको महोत्सवलाई सभ्य र भव्य बनाउने उदे्श्यले आज बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ । “समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार” मुल नारा सहित आयोजना भईरहेको  महोत्सवले धार्मिक पर्यटकीय स्थलहरुको विकास, उद्योग, व्यापार, पर्यटन, जडिबुटी, कृषि उद्यमलाई विकसित गर्दै समृद्ध मिर्चैया निर्माणसँगै अर्थतन्त्रलाई आत्मनिर्भरता तर्फ अग्रसर गराउने लक्ष्य रहेको छ । 
51408326_1092408017597794_4181576847965814784_n
महोत्सवको काम अन्तिम चरणमा पुगेको महोत्सव आयोजक समितिका उपाध्यक्ष अरुण सिंहले बताए । उनले भने “स्टल निर्माणको काम सम्पन्न भएको छ, स्टल बुकिङ्ग पनि ८० प्रतिशत भईसकेको छ, समुद्घाटको अबसरमा स्थानिय कला, संस्कृति, झाँकी प्रर्दशन गर्ने कार्यक्रम रहेकाले सोही अनुसार तयारी भईरहेको छ ।”
51472349_803525636665531_2783902040676368384_n
कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्नुको साथै नगर सफासुग्धर राख्ने उदेश्यले आजको बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र पौडेलले बताए । 
 
मिर्चैया नगरपालिका वडा ६ स्थित यहि माघ २८ गतेदेखि फागुन ७ गतेसम्म संचालन हुने महोत्सवको समुद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले गर्ने तय भएको छ । करीब ५० लाखको लागतमा भईरहेको महोत्सवमा एक सय ३१ वटा स्टलको ब्यबस्था गरिएको छ भने ४ लाखको हाराहारीमा दर्शक सहभागी गराउने आयोजकको लक्ष्य रहेको छ । 
51495566_2211851405734683_5601349884763439104_n
नगरपालिकाको आयोजनामा भएको सरसफाईमा सहभागीहरुले नगरको बिभिन्न भागको सरसफाई गर्दै महोत्सव स्थलमा पुगेर समापन गरेका थिए । सरसफाई कार्यक्रमको समापनमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादब र महोत्सव समितिका प्रचारप्रसार संयोजक अशोक कुमार साहले सम्बोधन गरेका थिए । 
51515950_1919658224827723_8449244769191723008_n
सरसफाईमा महोत्सव मुल आयोजक समितिका अध्यक्ष हरीशंकर साह, सचिब भरत महासेठ, सरसफाई अभियन्ता धिरेन्द्र कुमार साह, नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, ईलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रहरी जवान, सिरहा सेवा समाजका साथै मोहन माबि, बाजु माबि, स्वस्तिक पाठशाला, सगरमाथा मावि, टाईम्स स्कुल, रामजानकी बिद्यामन्दिर, अरुणोदय स्कुल, ह्वाईट हाउस, पोलर स्टारका बिद्यार्थी, शिक्षकको साथै नगरबासी, व्यापारी, बुद्धिजिबी लगायतका सहभागिता रहेका थिए । 
51675452_660804884317781_3506348800090308608_n
51714908_2211851582401332_2353269197737295872_n
51828327_2211851539068003_6148906868669415424_n

प्रतिक्रिया दिनुहोस

उपप्रधानमन्त्री यादव ...

 लहान चैत्र १६ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य ...

सखुवानन्कारकट्टीमा ३ ...

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा ...

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१