सिरहाका निजि बिधालयहरु ले टेरेनन प्रदेश सरकारलाई, सार्वजनिक बिदामा पनि कक्षा संचालन

  • माघ २२, २०७५
  • १३२२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, सिरहा, २२ माघ । सोनाम लोसार को अवसरमा संघिय सरकार र प्रदेश सरकार ले सार्वजनिक बिदा घोषित गरेपनी सिरहाका बहुसंख्यक निजि बिधालयहरु संचालित रहेका छन । शेर्पा, तामाङ र गुरुङ समुदायको प्रमुख पर्वको रुपमा रहेको लोसारमा बिदा नहुदा त्यस समुदायका बिद्यार्थी स्कुल आउन बाध्य भएका छन । विद्यार्थी अनुपस्थित हुँदा जरिवाना तिर्नु पर्ने नियम अधिकांश बिधालय ले लगाएको कारण ले यहाँ सार्वजनिक बिदा मा पनि बिद्यार्थीहरु बिधालय आउन बाध्य छन । प्रदेश सरकारको निर्णयलाई अवज्ञा गरि निजि बिधालय हरु पटक पटक आफ्नो मनमानी गर्दै आएका कुरा लाहानका एक स्थानीय अभिभावक ले बताउछन् । नाम गोप्य राखिदिने शर्तमा एक निजि विधालयका शिक्षक ले भने " आउने आईतवार सरस्वती पुजा भएको ले निजि बिधालयहरु ले बिदा नदिएका हुन । सरस्वती पुजाको नाममा मनपरी रकम असुल्ने बेला बिदा भयो भने पूरा रकम असुल्न अप्ठ्यारो हुने हुनाले बिदा न दिएको होला । " त्यसैगरी एक जना अभिभावक दिलिप साह ले भने कि सिरहाका अधिक्तम बिधालयहरुले सरस्वती पुजाको लागि बिद्यार्थीहरु बाट अनिवार्य रुपमा तिर्नैपर्ने गरि ७००/५००/३०० को हाराहारीमा फरक फरक खालका चंदा उठाएका छन ।

प्रतिक्रिया दिनुहोस

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

लहान महोत्सवले स्थान ...

बिरेन्द्र प्रसाद नेपाल लहान ५ गते सिरहा । स्थानीयस्तरमा कलासंस्कृतिको धनी ब्यक्तुत्वा लहान ७ निवासी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१