प्रहरीको मिलोमतोमा गाईगोरु तस्करी, ६५ नियन्त्रणमा

  • माघ २१, २०७५
  • १२४१ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, २१ माघ । सिरहाको लहान र सप्तरीको बलानविहुल गाउँपालिका हुदै गाई गोरु तस्करी गर्ने क्रम बढेको छ । बलानविहुलको चनही मलहनमा हुँदै भारततर्फ निकासी गर्न लागिएको ६५ थान गाई गोरु आज प्रहरीले नियन्त्रणमा लिएको छ । पहाडी जिल्लाबाट सँकलन गरि भारत निकासी गर्ने क्रममा चनही मलहना प्रहरीले राती २५ गाई र ४० गोरु गरी ६५ थान नियन्त्रणमा लिएको छ । विगतमा त्यस चनही मलहना प्रहरीको मिलोमतोमा सयौ गाई गोरु भारत पठाएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।

स्थानीयहरुले प्रहरीको माथिलो निकायमा गाईगोरु तस्करीवारे जानकारी गराएपछि आज राती त्यहाँका प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको सबै गाईगोरुलाई कुनौली भन्सारमा बुझाएको चनही मलहनमा प्रहरीका इचार्ज पँकजकुमार सिँहले बताए । पश्चिम तथा पहाडीक्षेत्रबाट सो गाईगोरु ल्याएर प्रहरीको मिलोमतोमा शम्भु भनिने तस्करले सो कारोवार गर्दै आएको स्रोतको दावी छ । नेपालबाट तस्करी गरिएको गाई गोरु बंगलादेश र भुटान पठाउँने गरेको छ । भारतमा समेत गाईगोरुको मासु चोरीलुकी बेच्ने गरेको छ ।

उता, भारतबाट भन्सार छलेर ल्याएका गोरु नेपाली किसानसँग किनेको नक्कली कागजात बनाई बंगलादेश र भुटान पुर्याउने गरिन्छ । तस्करहरुले केही समययता सुनसरीको हरिनगर गाँउपालिकाको घुस्की र बिक्रमपुर नाकालाई तस्करीको वैकल्पिक मार्ग समेत बनाएका छन् । तस्करहरुले गोरुलाई हिडाउदै भारत कटाउने गर्छन् । हिडाएरै गोरु तस्करी हुँदा सिमा क्षेत्रमा खटिएको शसस्त्र र जनपथ प्रहरीले केही नगर्नुले मिलेमतो भएको देख्न सकिन्छ । सप्तरी र सुनसरीको दक्षिणीक्षेत्रबाट हप्ताको दुई पटक गाई गोरुको बथान सिमा कट्ने गर्छ । तर गाईगोरु तस्करी र प्रहरीबीच आर्थिक सेटिङ मिलेपछि पटक पटक छाड्ने गरेको छ । नेपाल र भारतमा कानुनले नै गाईगोरु निषेध गरेको छ । त्यसैले पनि गाइगोरु तेस्रो मुलुक लैजान भारतीय तस्करले नेपालको बाटो प्रयोग गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

लहानलाइ उपमहानगरपालि ...

बिरेन्द्र प्रसाद नेपाल लहान,बैशाख । देशकै ठुलो नगरपालिका भएकोले लहानलाइ उपमहानगरपालिका बनाउनुपर्ने ल ...

समुदाय - प्रहरी साझे ...

रहमुल लहान १० बैशाख । अस्ति ७ बैशाखमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवा अधारभुत बिधालयमा ह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१