भौतिक संरचना विद्यार्थी मैत्री हुनु आवश्यक कांग्रेस नेता निधी

  • माघ २०, २०७५
  • ५९६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजन कुमार सिंह माघ २० नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले शिक्षाको विकासको लागि भौतिक संरचना अत्यावश्यक भएको बताएका छन । उनले शिक्षा विकासको लागि भौतिक संरचना विद्यार्थी मैत्री हुनुपर्ने बताए । जापान सरकारको सहयोगमा धनुषाको नगराईन नगरपालिका वडा नं. ६ लगमा स्थित बासुदेव राष्ट्रिय प्राथमिक विद्यालय भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै नेता निधीले जापान सरकारले नेपालको कृषि , भौतिक संरचना , शिक्षा , स्वास्थ्य लगायतको क्षेत्र विकासका लागि सहयोग गर्दै आईरहेको बताए । उनले केही दिन पहिला मात्र जापानी राजदुतावासमा यो विद्यालयलाई अत्याधुनिक बनाउन सम्झौता पत्रमा हस्ताक्षर भएको र लगतै शिलान्यास गरिएको जानकारी गराए । जति छिटो शिलान्यास गरिएको छ त्यति नै छिटो निर्माण कार्य सम्पन्न हुने उनले विश्वास व्यतm गरे । विकास फाउण्डेश्नको आयोजनामा गरिएको विद्यालय भवनको शिलान्यास नेता निधीले गरेका थिए । बासुदेव राष्ट्रिय प्राथमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बेचन मंडलको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष श्यामसुन्दर चौधरीले विद्यालयको विषयमा प्रकाश पारेका थिए । करिब १ करोडको लागतमा निर्माण हुन लागेको सो विद्यालयबाट त्यस क्षेत्रका बालबालिकाहरुलाई आधारभुत शिक्षाको लागि विद्यार्थी मैत्री भवन उपलब्ध हुने विश्वास गरिएको छ । यस अघि पनि नेता निधीको पहलमा त्यस क्षेत्रमा भारतीय राजदुतावासको सहयोगमा विभिन्न विद्यालयहरुमा भौतिक संरचना निर्माण गरिएको छ । कार्यक्रममा जापानी राजदुतावासका द्धितिय सचिव मासाओ कुनीसदा, महासमिति सदस्य अनामिका नीधि , नेका.प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी , नगराईन नगरपालिकाका नगर प्रमुख परमेश्वर यादव , धनौजी गाउंपालिकाका अध्यक्ष बद्री सिंह , गणेश तिवारी , क्षेत्र नं. ३ का सभापति कन्हैयालाल कर्ण ,जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति मनोज साह , युवा नेता प्रफुल्लराज घिमिरे , ललन चौधरी , श्याम साह , प्रवेश चौधरी , अनिता श्रीवास्तव , तुल्सा आचार्य , निलम कर्ण , मिनु झा , विजेता झा , किरण झा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । FB_IMG_1549202728303

प्रतिक्रिया दिनुहोस

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१