मिर्चैया : टी–२० क्रिकेटको उपाधि सिरहा एकेडेमीको कब्जामा (फोटोसहित)

  • मंसिर १५, २०७५
  • ९९३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १५ मंसिर । सिरहाको मिर्चैयामा सम्पन्न टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सिरहा एकेडेमीले कब्जा गरेका छन् । बिजयादशमी, शुभदिपाबली तथा छठ पर्बको अबसरमा आयोजित अन्तर–जिल्ला स्तरीय टी–२० प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज (शनिवार) सम्पन्न फाइनल खेलमा सिरहा एकेडेमीले महेन्द्रनगर क्रिकेट टिमलाई ४ बिकेटले पराजित गर्दै बिजयी भएका छन् । 
 
टस जितेर पहिला ब्याटिंग गरेको महेन्द्रनगर टिमले १८ ओभरमा अलआउट हुँदै ६४ रन बनाएको थियो । जबाफमा ६५ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेका सिरहा एकेडेमीले १८.५ बल खेल्दै ६ बिकेटको क्षतिमा लक्ष्य हासिल गर्दै बिजयी भएका छन् ।  

 





 
मिर्चैया नगरपालिका बडा नं. ५ स्थित मोहन माबिको मैदानमा भएको खेलमा बिजेता टिम सिरहा एकेडेमीलाई मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले २५ हजार रुपैया नगद र ट्रफी प्रदान गरेका थिए । त्यसैगरी उपबिजेता टिम महेन्द्रनगरलाई माँ अम्बे ट्रेडर्स एण्ड ग्लोबल ट्रेडिङ मिर्चैयाका संचालक लालबाबु साहले १५ हजार नगद र ट्रफी प्रदान गरेका थिए ।
पुरस्कार बितरण गर्दै मेयर यादबले नगरमा खेलको बिकासकालागि  मिर्चैयामा प्रदेश स्तरका खेलकुद आयोजना गर्ने उद्घोष गरेका छन् । कार्यक्रममा बडा नं. ४ का बडा अध्यक्ष दिनेश कुमार यादब, बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह लगायत स्थानियबासी, ब्यापारी, खेलप्रमी लगायतका उल्लेखनिय उपस्थित रहेको थियो ।
 
 

 

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१