कमला खोलामा गोलबजारका तीन बालक बेपत्ता, एकको मृत्यू

  • भदौ १०, २०७५
  • ८९६ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, ९ भदौ । जल चढाउंनको लागि कमलाको उत्तराइनी पुगेका तीन बालक आज बेपत्ता भएका छन् । सिरहाको गोलबजार ४ बस्ने बर्ष १५ को मनोज महरा, सोही ठाउंका बर्ष १४ का राहुल महरा, दूई जनाको नाम खुल्न नसकेका गरी चार जनाको समूहमा गएका मध्ये तीन कमला खोलामा बेपत्ता भएको छ । एक जना बालकलाई स्थानीयहरुले उद्धार गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । गोलबजार स्थित रहेको शिव मन्दिरमा जल चढाउंनको निम्ति कमलाको उत्तराइनी जानेको यत्तिबेला भिड् बढेको छ । कमलाको उत्तरीभेगमा खोला उत्तरतर्फ वग्ने गरेकोले त्यस ठाउंलाई उत्तराइनी भन्दै आएको छ । पहाडतीर बर्षा भएकोले कमला खोलामा दूई दिनदेखि पानीको वहाव गतिलो बनेको छ । बालकहरु कमला खोलामा जल लिन जांदा उनीहरुलाई बगाएर लगेको हो । यसैबीच सिन्धुलीको कमलानदीले बगाँउदा एक जनाको ज्यान गएको छ । कमलाखोलाले बगाएर दुधौली नगरपालिका २ बस्ने ६५ वर्षीय मलेसी दनुवारको मृत्यु भएको जानकारीमा आएको छ । गाइबस्तु चराउन कमलाखोला पारी जाने क्रममा खोला तर्दा उनको मृत्यु भएको हो । उता, रौतहटमा ढुंगा दुर्घटना हुंदा आजै ४० जना मध्ये २५ जना सम्पर्क विहीन भएका छन् । १५ जनालाई उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१