मेलम्चि खानेपानी परियोजनामा कार्यरत निधन भएको इन्जिनियर सतिस गोइतका दाई आशिस गोइतलाई जागिर दिइयो

  • माघ ३, २०७७
  • ८१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, माघ ३ । मेलम्चि खानेपानी परियोजनामा कार्यरत रहेको अवस्थामा निधन भएको इन्जिनियर सतिस गोइतका दाई आशिस गोइतलाई जागिर दिइएको छ । मेलम्चि खानेपानी परियोजनामा कन्ट्रेक्टरको तर्फवाट कार्यरत्त मृतक इन्जिनियर गोइतको निधन भए लगतै आन्दोलनरत्त इन्जिनियरहरुले उनको परिवारवाट एकजनालाई जागिर दिनुपर्ने लगायतका माग राख्दै आन्दोलित भएका थिए । आन्दोलनरत्त इन्जिनियरहरु र खानेपानी मन्त्रालय विच भएको पाँच वुन्दे सहमति अनुसार उनको दाईलाई जागिर दिइएको हो ।
प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल प्रदेश नम्वर २ का इन्चार्ज रामएकवाल यादव र अध्यक्ष इन्जिनियर सागर चौधरी लगायत धनुषा अध्यक्ष इन्जिनियर राजेशकुमार महतो र इन्जिनियर राकेश साह, संजय यादव लगायत संघीय खानेपानी कार्यालय प्रमुख इन्जिनियर राजेश कुशवाहा, मन्त्रालयका सचिव माधव वेलवासले संयुक्त रुपमा मृतक इन्जिनियर गोइतका दाजुलाई नियुक्तीपत्र प्रदान गरेका छन् ।
मृतक इन्जिनियर गोइतका परिवारले प्रोग्रेसिभ इन्जिनियर एसोसिएसनलाई धन्यवाद ज्ञापन गरेका थिए। नियुक्तिपत्र पाएका गोइत माघ १ गतेवाट कार्यालयमा कार्य गर्न थालेका इन्जिनियर रामएकवाल यादवले जानकारी दिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१