संक्रांति स्नानको उपलक्ष्यमा, काशीधाम मन्दिरमा खिचडी महोत्सव २०७७

  • माघ २, २०७७
  • २१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , २ माघ। मोरङ जिल्लाको सुनवर्षि - ४ काशीधाममा आज माघ २ गतेका दिन वडो धुमधामका साथ खिचडी महोत्सव मनाईको छ। श्री हरि विष्णु मन्दिर काशीधाममा मकर संक्रांति अर्थात माघी महोत्सव तिला पर्व मनाएको स्थानीय शेसराज राजवंशीले जानकारी दिए । राजवंशीका अनुसार महोत्सव कार्यक्रममा मंदिरका पुजारी , गाउँका अगुवा जेष्ठ नागरिक , वृद्धा , महिला , भक्तजन , काशीधाम स्थानीय बासीहरुको उपस्थितिमा भएको थियोे भने माघी सांस्कृति स्नानको उपलक्ष्यमा खिचडी महोत्सव कार्यक्रम सम्पन्न भएका थिए। कार्यक्रममा सबैले एक अर्कालाई एक आसपास २०७७ सालको माघी पर्वको सुख , शान्ति , धन्नधान्न , सुस्वास्थय उतोरोतर प्रगतिको शुभकामना सहित आआफ्नो मन्तव्य राखेका थिए। श्री हरि विष्णु मन्दिर काशीधाम धार्मिक स्थलका रुपमा रहेको स्थानीय शेसराज राजवंशीले बताए।

 

प्रतिक्रिया दिनुहोस

लहानमा रामनवमी चैते ...

विसुन देव सरदार/लहान/बैशाख-७ गते मंगलबार। सिरहा जिल्लाको लहान नगरपालिका वडा न. ४ मा गत चैत्र ३१ गते ...

नेपालले टस जितेर ब्य ...

काठमाडौं,। नेपालले त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट अन्तर्राष्ट्रिय श्रृखंलाको आफ्नो तेस्रो खेल ...

वीरगन्जमा थप १ कोरोन ...

वीरगन्ज : वीरगन्जमा थप एक संक्रमित पुरुषको मृत्यु भएको छ। वीरगन्जको गण्डकस्थित नारायणी बयोधा अस ...