२० बलमा १०२ रन बनाउने भारतीय क्रिकेटर, तोडे क्रिस गेलको रेकर्ड

  • चैत्र ११, २०७४
  • २२९६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत ११ । आईपीएलको पूर्वसन्ध्यामा एक भारतीय क्रिकेटरले २० बलमा शतक प्रहार गर्दै हलचल मचाएका छन् । टिम इन्डियाका विकेटकिपर ऋद्धिमान साहाले २० बलमा शतक हानेका हुन् ।शनिबार कोलकाताको कालीघाटमा जेसी मुखर्जी टुर्नामेन्टमा मोहन बगान र बीएनआर रिक्रिएशन क्लबबीच प्रतिस्पर्धा थियो । साहा मोहन बगानको टिमबाट खेलेका थिए । विश्वास गर्न गाह्रो होला, ऋद्धिमानले केबल २० बल सामना गर्दै १०२ रन जोडे र सहज जित दिलाए । ऋद्धिमान साहले चार चौका र १४ छक्का प्रहार गरेका थिए । उनको स्ट्राइक रेट ५१० थियो । यसको साथै साहा टी(२० क्रिकेटमा सबैभन्दा तेज शतक बनाउने व्याट्सम्यान बनेका छन् । यसअघि यो रेकर्ड क्रिस गेलको नाममा थियो । क्रिस गेलले आईपीएल २०१३ मा पुणे वारियर्सविरुद्ध ३० बलमा शतक पूरा गरेका थिए ।आईपीएल क्रिकेट सुरु हुनुअघि ऋद्धिमानको यो सनसनीपूर्ण प्रदर्शनले हलचल मचाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ऋद्धिमान साहा आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादमा आवद्ध छन् । सनराइजर्सले उनलाई ५ करोड भारुमा अनुबन्ध गरेको छ । ३३ वर्षीय ऋद्धिमान हालै दक्षिण अफ्रिकासँग भएको वान डे म्याचमा टिम इन्डियाको एक सदस्य थिए । सनराइजर्स हैदरावादसाग ऋद्धिमान साहाका अलावा डेभिड वार्नर, शिखर धवन जस्ता खेलाडीहरु पनि छन् । यसैगरी टिम अफगानिस्तानका स्पीनर राशिद खान पनि सनराइजर्स हैदरावादमा छन् । सभार  : अनलाइनखबर

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१