अन्तरास्ट्रिय मानवअधिकार दिवसको अबसरमा महरा सम्मानित

  • मंसिर २४, २०७६
  • ५८९ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम ,मंसिर २४ गते । अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानवअधिकारकर्मी विनोद महरा सम्मानित भएका छन् ।

अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा एक कार्यक्रम बीच मंगलवार अधिकारकर्मी महरा सम्मानित भएका हुन् ।

मानव अधिकारकर्मी महरालाई प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले हातबाट सम्मानपत्र प्रदान गरेका छन् ।

मानव अधिकारको क्षेत्रमा क्रियाशील भई महिला अधिकार, सामाजिक न्याय, मानव अधिकारको संरक्षण तथा सम्वद्र्धन र समतामूलक समाज निर्माणमा उल्लेख योगदान पु¥याईरहेको भन्दै महिला अधिकार रक्षक संजाल धनुषाले अधिकारकर्मी महरा लगायतका वरिष्ठ मानव अधिकारकर्मीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुने वरिष्ठ मानव अधिकाकर्मीहरुमा ईन्सेकका प्रदेश संयोजक राजु पासवान, एडभोकेसी फोरमका राजकुमार महासेठलगायत छन् ।

आफ्नो जीवनको महत्वपूर्ण समय सामाजिक न्याय, महिला अधिकार र मानव अधिकारको संरक्षण, समवद्र्धन र समतामूलक समाज निर्माणमा अनवरत क्रियाशिल रही मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको दिनमा यहाँलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ ।

विगत १५ वर्ष देखी मानव अधिकारको क्षेत्रमा निरन्तर क्रियाशिल मानव अधिकारकर्मी महरा विभिन्न संघसंस्थामा आवद्ध भई मानव अधिकारको क्षेत्रमा योगदान पु¥याउदै आईरहेका छन् । महरा हाल तराई मधेश रक्षक संजालका प्रदेश २ का संयोजक छन् ।

सम्मानित भएपछि मानव अधिकारकर्मी महराले आयोजकलाई सम्मानको लायक सम्झेकामा धन्यवाद दिए। उनले सम्मानले उर्जा प्रदान गरेको साथै जिम्मेवारीप्रति थप सशक्त बनाउने बताए ।

उनले प्रदेश २ सरकार परिवर्तन तथा अधिकारको लागि भएको आन्दोलनको बलमा स्थापित भएको भन्दै अधिकारको पक्षमा सदैव उभिरहन प्रदेश सरकारलाई ध्यानाकर्षण गराए ।

प्रदेश सभाबाट पारित भएका दलित विद्येयक लगायत विभिन्न विद्येयक अविलम्व कार्यान्वयनको चरणमा ल्याउन समेत प्रदेश सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

लहान महोत्सवले स्थान ...

बिरेन्द्र प्रसाद नेपाल लहान ५ गते सिरहा । स्थानीयस्तरमा कलासंस्कृतिको धनी ब्यक्तुत्वा लहान ७ निवासी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१