सिरहाको लहानमा राजपा पार्टीको माहौल तातिदै

  • मंसिर २२, २०७६
  • ११८७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २२ मंसिर । सिरहाको लहानमा राजपा पार्टीका लहान नगर कमिटीले र नगर अधिवेशन भव्यताको साथ सम्पन्न गरेको छ । राजपा नेपालको लहान नगर अधिवेशनमा २४ सौ वडाका वडा तदर्थ समितिहरुको रोहबरमा पार्टीका केन्द्रिय सदस्य डा.महादेव साहको अध्यक्षतामा समपन्न भएको छ। २१ गते शनिबार लहान स्थित गोपाल सेवा सदनमा गरिएको सम्मेलनमा रा.ज.पा.नेपाल लाहान नगर सम्मेलन,प्रदेश सम्मेलन र क्षेत्रीय सम्मेलन बाट क्रमशः  ल.न.पा.नगर अध्यक्ष मो.आलम, प्रदेश १ (क ) मा अध्यक्ष उमेश सिंह , प्रदेश १ (ख) मा अध्यक्ष सिमा विश्वास र क्षेत्रीय अध्यक्षमा शत्रुधन मण्डल सर्व  सहमतिबाट चयन गरिएको छ । अधिवेशनको अध्यक्षता के.सदस्य तथा प्रत्यासी मेयर डा. महादेव साहको अध्यक्षतामा के.सदस्य रोहित महतो ,भरत साह, अभिषेक शर्मा , देवनारायण साह, राकेश झा,जिल्ला संयोजक रामदयाल यादव, श्रवण झा, उपेन्द्र सिंह, जिल्ला उपाध्यक्ष मनोज सिंह , क्षेत्रीय अध्यक्ष मो. गुलाव , प्रेस मंच के. सदस्य बिरेन्द्र यादव (बिरु), विद्यार्थी मंच के.सदस्य बिजय यादव , पुर्व नगर अध्यक्ष शत्रुधन मण्डल लगायत नेताहरुको उपस्थिति रहेको थियो । २४ सै वडाका वडा तदर्थ कमिटीहरुको रोहबरमा लहान नगर अध्यक्षमा आन्दोलनकारी मो.आलम , क्षेत्रीय अध्यक्षमा शत्रुधन मण्डल , प्रदेश १(क)अध्यक्षमा उमेश सिंह लगायत ७१ सदस्य कमिटी नगर तथा ७१ क्षेत्रीय कमिटी  सदस्य सर्व सहमतिले चयन भएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१