धनुषाको विदेह नगरपालिकामा अपरिचित व्यक्तिले पोखरीमा विष हालेपछि लाखौंको क्षति

  • मंसिर १३, २०७७
  • ५६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम मंसिर १३ गते । धनुषाको विदेह नगरपालिका ४ स्थित एक पोखरीमा विष हालेपछि लाखौंको माछा मरको छ । प्रतिवर्ष २५ हजारका दरले चार वर्षका लागि सरोज कुमार महरानले ठेक्का लिएको पोखरीमा अपरिचित व्यक्तिले विष हालेपछि लाखौंको क्षति भएको हो । विष हालेपछि करिब अढाइ लाखभन्दा बढीको माछा मरेको पीडित महरानले बताए ।

उनले भने, ‘बुधवार विहान अचानक माछा मर्न थालेपछि बिहिवार विहान मात्र विष हालेको कुरा थाहा पाएँ।’ व्यक्तिगत दुश्मनीका कारण गाउँकै व्यक्तिले विष हालेको हुनसक्ने उनको भनाई छ । उनले एक महिना अगाडी मात्र पोखरी ठेक्का लिएका थिए । पोखरीमा माछा राखेकै बेला विष हालेपछि उनी ठूलो समस्यामा परको बताउँछन् । उनले स्थानीय केहि व्यक्तिमाथि शंका लागेकाले अनुसन्धान गर्न प्रहरी उजुरी दर्ता गराउने समेत बताए । यो समाचार राजधानीपाटीबाट लिएको हो ।

प्रतिक्रिया दिनुहोस

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

लहानलाइ उपमहानगरपालि ...

बिरेन्द्र प्रसाद नेपाल लहान,बैशाख । देशकै ठुलो नगरपालिका भएकोले लहानलाइ उपमहानगरपालिका बनाउनुपर्ने ल ...

समुदाय - प्रहरी साझे ...

रहमुल लहान १० बैशाख । अस्ति ७ बैशाखमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवा अधारभुत बिधालयमा ह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१